- ब्रह्मदेव यादव, विराटनगर ७०१ पटक हेरिएको
शुक्रबार, फाल्गुण ११, २०८० समय : १४:४९:२४ , ९ महिना अगाडि
सुनसरी मोरङ औद्योगिक करिडोरमा शुक्रबार मार्बल र टायल बनाउने ढुङ्गाको कङ्क्रिटले किचेर ३ बालबालिकाको मृत्यु भएको छ । ढुङ्गाको कङ्क्रिटले किचेर मृत्यु भएका ५ वर्षीय जुम्लिया निशान र निसता अधिकारी दाजु बहिनी हुन् । मृत्यु भएका अर्का ७ वर्षिय बालिका रिया खवास रहेकी छिन् । छिमेकमा भाडाको घरमा बस्दै आएकी रिया अधिकारीको पसलमा सामान किन्न आएको बेला घटना घटेको थियो ।
ढुङ्गाको कङ्क्रिटले किचेर मृत्यु भएका जुम्लिया निशान र निसता अधिकारीका बुवा ज्योती अधिकारीको ढुङ्गाले किचेर एउटा खुट्टा काम नलाग्ने अवस्थामा पुगेको छ । अधिकारीका श्रीमती पसल बाहिर रहेकोले उनी घटनाबाट जोगिन सफल भइन । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिकाको वडा नं. ४ अन्तर्गत निमुवा प्रहरी कार्यालयदेखि पूर्व नहरको बाटोमा शुक्रबार एका बिहानै मार्बल र टायल बनाउने ढुङ्गाको कङ्क्रिट कच्चा पदार्थ बोकेको भारतीय लरी पसलमा पल्टदा तीनै जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
ज्योती अधिकारीको किचेर एउटा खुट्टा काम नलाग्ने अवस्थामा पुगेको छ । र उनको एक निजी अस्पतालमा उपचार भई रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत निमुवा प्रहरी कार्यालयदेखि पूर्व मर्मत सम्भारको काम भई रहेको नहरको बाटोमा मार्बल र टायल बनाउने कच्चा पदार्थ ढुङ्गाको कङ्क्रिट बोकेको भारतीय आर.जे. २९ जी.बी. १५६१ नम्बरको हेब्बीलरी अनियन्त्रीत भएर पसलमा पल्टेको थियो ।
शुक्रबार बिहान ७ बजे पसलमा पल्टेको लरी र ढुगंगाको कङ्क्रिट हटाएर बालबालिकालाई बाहिर निकाल्न प्रहरीलाई ७ घण्टा भन्दा बढि समय लागेको थियो । मोरङको बुढीगंगा गाउँपालिका–४ मा फुजिमा आयल कम्पनी सञ्चालन गरी रहेका उद्योग संगठन मोरङका कोषाध्यक्ष सुबोध कोइरालाले नहरको बाटोमा ठेकेदारले ठाउँठाउँमा गिट्टी झारेको र सडक बिस्तार कार्यमा लापरबाही गर्दा उद्योगको कच्चा पदार्थ बोकेको लरी अनियन्त्रित भएर दुर्घटना हुँदा ३ बालबालिकाको अनाहकमा मृत्यु भएको जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले शुक्रबार घटना घटिसकेपछि क्रेनको सहयोगमा प्रहरीको टोली ७ घण्टाको प्रयास पछि मृत्यु भई सकेका बालबालिकालाई बाहिर निकालिएको बताए ।