- ब्रह्मदेव यादव, विराटनगर ७२८ पटक हेरिएको
बिहिबार, फाल्गुण १०, २०८० समय : १५:०७:५२ , ९ महिना अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित श्री श्याम मन्दिरमा तीन बेग्लाबेग्लै मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले बिहीबार भव्य समारोहको आयोजना गरेर हजारौं भक्तजनका बिच भगवान खाटुश्याम, शिव परिवार र सालासर धाम गरी तीन बेग्लाबेग्लै मूर्तिको मन्दिरमा प्राण प्रतिष्ठा गरिएको हो ।
श्री श्याम मन्दिर विराटनगरका अध्यक्ष राकेश बंशल, उपाध्यक्ष उद्योगी विकास चौधरी सहित मन्दिरका पदाधिकारीहरूले हजारौं भक्तजनका बिच तीन बेग्लाबेग्लै मूर्तिको प्राण प्रतिष्ठा गरेको हो । मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गर्नुअघि तीनवटै मूर्तिलाई बुधबार गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो ।
मन्दिरका अध्यक्ष राकेश बंशल, उपाध्यक्ष उद्योगी विकास चौधरी सहित १२ जनाको टोली भारतको राजस्थान स्थित खाटुधाम पुगेर तीनवटै मूर्तिलाई विराटनगर ल्याएका थिए । र बिहीबार भव्य समारोहको आयोजना गरेर तीनवटै मूर्तिलाई मन्दिरमा बेग्लाबेग्लै स्थानमा प्राण प्रतिष्ठा गरिएको हो ।