- ... ६२६ पटक हेरिएको
शनिबार, माघ ०७, २०७९ समय : २१:१७:५० , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
तेस्रो नेवाः महोत्सवमा ३ सय जनाले नेवारी भोज खाएका छन् । झी पुचः विराटनगरले विराटनगर–१० स्थित आफ्नै भवनमा आयोजना गरेको महोत्सवमा नेवार संग सगै गैर नेवारहरुले २६ परिकारको नेवारी व्यञ्जनको स्वाद लिएका छन् । विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी र विराटनगर–८ का शुशिल रेग्मीले नेवारी भोज खाएका छन् ।
तेस्रो नेवाः मोत्हसवको दोस्रो दिन शनिबार झी पुचः विराटनगरले नेवारी भोजको आयोजना गरेका थिए । झी पुचः ले शुक्रबार र शनिबार गरेर विराटनगरमा २ दिने महोत्सवको आयोजना गरेका थिए । प्रदेश नं. १ सरकारका मन्त्री बुद्धिकुमार राजभण्डारीले शुक्रबार महोत्सवको उद्घाटन गरेका थिए ।
स्वादिष्ट नेवारी भोजमा सहभागी हुन नसकेका हजारौं नेवारी मात्रै नभई गैर नेवारहरु महोत्सवमा स–शुल्क विक्रीका लागि राखिएको स्टलबाट नेवारी परिकार खरीद गरेर खाए ।महोत्सवमा २० भन्दाबढि परिकारका स्टल राखिएका थिए । महोत्सवमा रहेका मैथिली पकवान ठकुवा, खजुरी, दालपुरी र पकौडाको स्टलमा सोचेभन्दा बढि सामग्रीको विक्री भएको छ ।
मैथिली अनलाइनका अध्यक्ष तथा सम्पादक पत्रकार नविन कर्ण वहाँका श्रीमती विनिता कर्ण, भाई प्रविण कर्ण, वहाँका श्रीमती रानी कर्ण र पारिवारीक सदस्य सलु कर्णले आफ्नै हातबाट बनाएको मैथिली पकवान महोत्सव हेर्न आएकाहरुले धेरै नै रुचाए ।
झी पुचः विराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक भविषकुमार श्रेष्ठ, महासचिव सुरेशलाल श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार राजन श्रेष्ठ, सल्लाहकार तथा सांस्कृतिक विज्ञ गणेश बर्जाचार्यले महोत्सवको दोस्रो दिन समापन समारोहमा नेवारी भाषा, संस्कृतिक, चार्डपर्व र रहनसहनको बारेमा चर्चा गरेका थिए ।