- चिरफार डटकम, विराटनगर ६५४ पटक हेरिएको
बिहिबार, माघ २५, २०८० समय : १८:५२:०५ , १० महिना अगाडि
विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच स्वास्थ्य सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विराट नर्सिङहोम सँग सम्झौता गरेको हो ।
विराटनगर हार्डवेयर संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले स्वास्थ्य उपचार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघ र नर्सिङहोम बिच आगामी दिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।
विराटनगर हार्डवेयर संघमा प्रमोद अग्रवालले अध्यक्ष पदको जिम्मेवारी सम्हालेको केही दिन पछि संघका सदस्य, कर्मचारी र कर्मचारीका आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढेर नर्सिङहोम सँग स्वास्थ्य सम्झौता गरेको हो । जुन कामको हार्डवेयर संघका सदस्यहरूले स्वागत गरेका छन् ।