समाजसेवी दिनबन्धु गोयलद्वारा मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ सहयोग 

  • ब्रह्मदेव यादव, विराटनगर ७४४  पटक हेरिएको

मंगलबार, माघ १६, २०८० समय : १८:२९:१० , १० महिना अगाडि

विराटनगरका उद्योगी एवं बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ५ मा २३ करोडको लागतमा ५ वटा बेग्लाबेग्लै सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । र त्यही भवन निर्माणका लागि उद्योगी एवं समाजसेवी गोयलले मंगलबार ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

मानव सेवा आश्रममा निर्माणाधीन एक कोठे भवन निर्माणका लागि ५ लाख रुपैयाँ खर्च पर्छ । र एक कोठे भवन निर्माणका लागि उद्योगी एवं समाजसेवी गोयलले ५ लाख रुपैयाँ सहयोग गरेको हो । विराटनगर–१० स्थित मानव सेवा आश्रममा मंगलबार आयोजित एक कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति राजश्व परामर्श समितिका सभापति देवकिनन्दन अग्रवालको उपस्थितिमा उद्योगी एवं समाजसेवी गोयलले मानव सेवा आश्रम विराटनगरका अध्यक्ष समाजसेवी लिला ढुंगेललाई ५ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

साथै उद्योगी एवं समाजसेवी गोयलले आश्रममा आश्रित पुरुष, महिला तथा बालबालिकाका लागि एक महिनासम्म खान पुग्ने ३१ बोरा चामल समेत सहयोग गरेका थिए । उद्योगी एवं समाजसेवी गोयलले मंगलबार आश्रममा आश्रित व्यक्तिलाई मिष्ठान्न भोजन गराएका थिए । केही दिन अगाडि उद्योगी एवं समाजसेवी गोयलले हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेशको भवन निर्माणका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

विश्व हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेशको विराटनगरमा भवन निर्माण भइरहेको छ । र त्यही भवन निर्माणका लागि हिन्दु स्वयंसेवक संघ नेपालका केन्द्रिय सह–सचिव महेन्द्र साह र कोशी प्रदेशका प्रचारक मुकेशकुमार साहलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।