- ब्रह्मदेव यादव, विराटनगर ६९३ पटक हेरिएको
मंगलबार, माघ १६, २०८० समय : १४:२२:०० , १० महिना अगाडि
रुसको सेनामा कार्यरत सुनसरी बराहक्षेत्रका राजन राउत ३ महिनादेखि सम्पर्क विहीनको अवस्थामा छ । कात्तिक ५ गते रुसबाट परिवारको सम्पर्कमा आएका राउत त्यसपछि सम्पर्क विहीनको अवस्थामा छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ३१ बर्षिया राउत २०८० सालको विजया दशमी पर्व सकेर रुस पुगेका थिए । कात्तिक २ गते राउत रुसी सेनामा भर्ना भएका थिए ।
तालिमको क्रममा राउत भागेपछि रुसी सेनाले पक्राउ गरेका थिए । र त्यसपछि राउत परिवारसँग सम्पर्कमा नआएको राउतका जेठान दिपक राउतले बताए । राउतको घरमा बुवा, आमा, श्रीमती १ छोरा र १ छोरी रहेका छन् । श्रीमती गर्भवती भएको बेला रुस पुगेका राउतका कान्छा छोरा ३ महिनाका भैसकेका छन् । राउत सम्पर्क विहीन हुँदा परिवार पीडामा छन् । परिवारले नेपाल सरकारसँग राउतको खोजी गरिदिन आग्रह गरेका छन् ।