उद्योगी व्यवसायीको अभिलेख र व्यवस्थापन अब अनलाइनबाट

  • चिरफार डटकम, विराटनगर ४२१  पटक हेरिएको

शुक्रबार, माघ १२, २०८० समय : १६:५३:०३ , १० महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिले उद्योगी व्यवसायीको अभिलेख संकलन र व्यवस्थानको कार्य अनलाइनबाटै गर्न सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले महासंघ सँग आवद्ध नगर तथा जिल्ला वाणिज्य संघका सदस्यहरूको अभिलेख संकलन सँगै व्यवस्थापन कार्य अनलाइनबाट सुरु भइसकेको जानकारी गराउनु भएको छ ।

अध्यक्ष राउतले अनलाइनबाट सदस्यताको फारम भर्न सक्ने गरी पहिलो चरणमा ३० वटा नगर तथा जिल्ला वाणिज्य संघलाई अनलाइन सुविधा प्रदान गरिएको बताउनु भयो । नयाँ सफ्टवेयरमा तथ्याङ्क संकलन र व्यवस्थापन भई सकेपछि व्यवसायीको प्रकृति र क्षेत्र स्वामित्वको संरचना अधिकृत र चालु पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवं लैगिंक अनुपात लगायतका तथ्याङ्क सम्बन्धित नगर तथा जिल्ला उद्योग वाणिज्य संघले राख्न सक्ने छ ।