मलाई रोक्न कार्कीको गेमप्लान सफल– अर्याल

  • ब्रह्ममदेव यादव, विराटनगर ३१३७  पटक हेरिएको

शुक्रबार, पुष १५, २०७९ समय : १७:३१:०६ , २ वर्ष अगाडि

विराटनगर, नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा केन्द्रिय सदस्य अमृत अर्याललाई कांग्रेस १ नं. प्रदेश सभा संसदीय दलको नेता बन्न नदिन प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महत्वपूर्ण गेमप्लान निर्वाह गरेको रहस्य बाहिरिएको छ । शुक्रबार विराटनगरमा भएको १ नं. प्रदेश सभा कांग्रेस संसदिय दलको निर्वाचनमा अर्याल पराजित भएका थिए । कांग्रेस १ नं. प्रदेश समिति सभापति तथा प्रदेश सभा सदस्य उद्धव थापा कांग्रेस प्रदेश सभा संसदिय दलको नेता निर्वाचित भएका थिए ।
अर्याल १ पटक संविधान सभा सदस्य, यतिखेर प्रदेश सभा सदस्य २ पटक कांग्रेस केन्द्रिय सदस्य र २ पटक कांगे्रस मोरङ सभापति भैसकेका छन् । यत्रो राजनिति उचाइमा पुगेका अर्यालले प्रदेश संसदिय दलको नेतामा थापालाई समर्थन गर्ने कुरै आउँदैन ।

१ महिना अगाडि नै कार्कीले अर्याललाई प्रतिनिधि सभा सदस्यमा चुनाव नलडिकन पार्टीले उठाएका उम्मेदवारलाई सहयोग गर्न उर्दिनै जारी गरेका थिए । अर्यालले कार्कीको उर्दिलाई वेवास्ता गर्र्र्दै प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने निर्णयमा पुगेका थिए तर पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्याललाई १ नं. प्रदेशको मूख्य मन्त्रीमा प्रस्ताव गरेर प्रदेश सभामा चुनाव लड्न टिकट दिएका थिए ।

मोरङ क्षेत्र नं. ५ को २ प्रदेश सभाबाट सदस्यमा निर्वाचित अर्याल मूख्य मन्त्रीका प्रवल दावेदार थिए । अर्याल र कार्कीको ४० बर्षको राजनितिक सम्बन्ध छ । तर कार्कीले ४० बर्षको राजनितिक सम्बन्धलाई स्वार्थ पूर्तिगर्न अर्याललाई किनारा लगाउँदै समानुपातिक संसद उद्धव थापालाई संसदिय दलको नेता बनाउन खेलको गेमप्लान सफल भएका छन् । थापा कांगे्रस भित्र कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

 

शुक्रबार चिरफार डटकम संग कुरा गर्दै अर्यालले भने मैले राजनैतिक यात्राको दौरान कार्की संग ४० बर्षसम्म गरेको संगत गलत प्रमाणित भएको छ । कार्की संग गरेको संगत यतिखेर निरथक सावित भएको छ । कार्कीको एकांगी प्रवितिको कारण कांग्रेसको संगठन चक्नाचुर भएको छ । कार्की कै कारण केन्द्रमा कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेन र पाँचदलिय गठबन्धन भत्कियो । गठबन्धन भत्किनुमा कार्की मूख्य दोषी रहेका छन् । १ नं. प्रदेशमा प्रतिनिधि सभाको २८ सिट छ र कार्कीले टिकट वितरणमा चलखेल गरेर गलत प्रवृतिका व्यक्तिलाई टिकट दिदा जम्मा ९ सिट मात्र कांग्रेसले जितेको छ । कार्की कै कारण सुनसरी कांगे्रसको संगठन अस्तव्यस्त छ र सुनसरीमा कांगे्रसले प्रतिनिधि सभामा १ सिट मात्र जित्न सकेको छ । जसको मूख्य भागिदार कार्की रहेको छन् ।

पार्टीलाई जहिलेपनि अप्ठायारोमा पार्ने काम कार्कीबाट भइरहेको छ । जुन प्रवृतिको आफुले खुलेर विरोध गर्ने गरेको छु । जसको कारण मलाई प्रदेश संसदिय दलको नेता बन्न नदिन कार्कीले गेमप्लान गरेको हो । कार्की प्रवृतिको आफुले ५ बर्षसम्म विरोध गर्ने र आगामी दिनमा यस्ता गलत प्रवृतिका व्यक्तिहरु पार्टीबाट किनारा लाग्ने अर्यालले उदघोष गरेका छन् ।