विराटनगरमा अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण 

  • ब्रह्मदेव यादव, विराटनगर ६९३  पटक हेरिएको

सोमबार, माघ ०८, २०८० समय : १७:४७:३८ , १० महिना अगाडि

भारतको अयोध्यामा सोमबार सम्पन्न राम मन्दिर प्राण प्रतिष्ठाको विराटनगरमा प्रत्यक्ष प्रसारण भएका छन् । २२ जनवरी २०२४ अर्थात २०८० माघ ८ गते सोमबार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । जुन प्राण प्रतिष्ठाको विराटनगरमा प्रत्यक्ष प्रसारण भएको हो । सोमबार बिहानैदेखि विराटनगरको विभिन्न स्थानमा एलएडी टेलिभिजन मार्फत अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण सुचारु भएका थिए । र रातीसम्म प्रत्यक्ष प्रसारण चलेको थियो ।

विराटनगरको गोल ग्रुप र स्वतन्त्र मारवाडी ग्रुपले बेग्ला बेग्लै स्थानमा एलएडी टेलिभिजन जडान गरेर अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण गराएका थिए । गोल ग्रुपका सदस्यीय दिनेश चौरडीयाको पहलमा विराटनगरको अतिथि सदन अगाडि श्री सत्यनारायण मन्दिरको अगाडिको भागलाई सजावट गरी भदवामय बनाउँदै एलएडी टेलिभिजन जडान गरेर अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको सम्पूर्ण गतिविधिको प्रत्यक्ष प्रसारण गराएका थिए ।

ओस्वाल युवा मञ्च विराटनगरका अध्यक्ष समेत रहेका दिनेश चौरडीयाको पहलमा सोमबार राम विश्व हिन्दु परिषद् नेपाल मोरङले निकालेको शोभा यात्रामा सहभागी सँगै शोभा यात्रा हेर्न आएका हजारौं हिन्दु धर्मावलम्बीहरूलाई बुनियाँको प्रसाद वितरण गरेका थिए । साथै एक हजार एक दिप प्रज्वलन समेत गरेका थिए । यसैगरी स्वतन्त्र मारवाडी ग्रुपका दिलिप धाडेवा, चन्द्रशेखर धाडेवा, अरुण राठी, सौरभ राठी, बिनित धाडेवा, अमित धाडेवा, सुमित धाडेवा, निकुञ्ज धाडेवा, यस धाडेवा, मनोज अग्रवालको पहलमा जलजला मोड नजिक एलएबडी टेलिभिजन जडान गरेर अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको सम्पूर्ण गतिविधिको प्रत्यक्ष प्रसारण गराएका थिए ।

शोभा यात्रा हेर्न आएका हजारौं विराटनगरवासी एलएडी टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण भई रहेको अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको अवलोकन गरेका थिए । शोभा यात्रा हेर्न आएका हजारौं विराटनगरवासीलाई बुनियाँको प्रसाद र चक्लेट स्वतन्त्र मारवाडी ग्रुपले वितरण गरेका थिए ।

विश्व हिन्दु परिषद् नेपाल मोरङले सोमबार विराटनगरमा निकालेको शोभा यात्रामा हजारौं हिन्दु धर्मावलम्बीहरू सहभागी भएका थिए । अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा विराटनगरको राम जानकी मन्दिर समितिले आइतबार र सोमबार गरी २ दिनमा ३ हजार भन्दा बढि भक्तजनहरूलाई चिया र बिस्कुट वितरण गरेका थिए ।