- चिरफार डटकम, विराटनगर ५६६ पटक हेरिएको
सोमबार, माघ ०८, २०८० समय : १४:४४:४० , १० महिना अगाडि
माहेश्वरी महिला मञ्चले भारतको अयोध्या राम मन्दिर प्राण प्रतिष्ठाको अवसर पारेर विराटनगरमा २४ घण्टासम्म अखण्ड रामायण पाठ वाचन गरेका छन् । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीको नेतृत्वमा विराटनगरको राम जानकी मन्दिरमा आयोजना गरेको २४ घण्टे अखण्ड रामायण पाठ वाचन कार्यक्रममा माहेश्वरी समाजका ५ सय भन्दा बढि महिलाहरूको सहभागिता रहेको थियो ।
माघ ७ गते आइतबारदेखि सुरु भएको अखण्ड रामायण पाठ माघ ८ गते सोमबार समापन भएको थियो । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठी, अखिल भारतीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, माहेश्वरी महिला मञ्चका सल्लाहकार रचना राठी, रिता माहेश्वरी, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गौमती राठी, निवर्तमान अध्यक्ष सन्तोष बाहेती, कार्यक्रम संयोजिका लिला काबरा सहित मञ्चका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष अजय राठी सहित समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा ५ सय ५० वर्ष पछि भव्य राम मन्दिरको निर्माण भएको र राम मन्दिरको प्राण प्रतिष्ठामा सोमबार रामलाला विराजमान भएको अवसर पारेर विराटनगरको राम जानकी मन्दिरमा २४ घण्टे अखण्ड रामायण पाठको आयोजना गरिएको बताए ।