समाजसेवी गोयलको सहयोगमा झापा जिल्ला अदालतमा न्यायकी देवीको मूर्ति अनावरण

  • चिरफार डटकम, विराटनगर ४९१  पटक हेरिएको

सोमबार, माघ ०१, २०८० समय : १४:४२:५६ , ११ महिना अगाडि

विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलको सहयोगमा जिल्ला अदालत झापामा निर्माण भएको न्यायकी देवीको मूर्तिको आइतबार अनावरण भएको छ ।

जिल्ला अदालत झापा परिसरमा निर्माण पुरा भएको मूर्तिको बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, उच्च अदालत विराटनगर अन्तर्गत इलाम इजलासका न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले आइतबार संयुक्त रुपमा न्यायकी देवीको मूर्तिको अनावरण गरेको हो ।

मूर्तिकार अभिषेक तिमिल्सिनाले निर्माण गरेको मूर्ति ६ फिट अग्लो रहेको छ । कार्यक्रममा बरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरिएका थिए ।