एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले भव्य रुपमा मनाए पृथ्वी जयन्ती

  • चिरफार डटकम, विराटनगर ६७१  पटक हेरिएको

शुक्रबार, पुष २७, २०८० समय : १६:०३:०७ , ११ महिना अगाडि

बल्लभप्रसाद दाहाल अध्यक्ष रहेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले शुक्रबार विराटनगरमा भव्य रुपमा कार्यक्रम गरेर ३०२औं पृथ्वी जयन्ती मनाएको छ । राजसंस्था फर्काउन आन्दोलनको घोषणा गरेर चैतदेखि आन्दोलन गर्ने तयारीमा जुटेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले आन्दोलनकै रुपमा ३०२औं पृथ्वी जयन्ती मनाएको हो । श्री ५ ज्ञानेन्द्र शाह जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद जस्ता नारा लगाउँदै प्रर्चा र पम्प्लेट बोकेर बाक्लो संख्यामा शुक्रबार विराटनगरमा निस्किएको र्‍यालीका सहभागीहरूले नगर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

विराटनगर स्थित रामजानकी मन्दिरमा आयोजित सभामा नेपाल विद्धत परिषद्का केन्द्रिय उपाध्यक्ष पूर्वाञ्चल संयोजक एवं एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहाल, नेपाल विद्धत परिषद्का केन्द्रिय अध्यक्ष एवं संघर्ष समितिका सल्लाहकार जीतबहादुर अर्जेल, नेपाल सदभावना मञ्चका राष्ट्रिय अध्यक्ष एवं संघर्ष समितिका सल्लाहकार बद्रीप्रसाद मण्डल र नेपाली कांग्रेसका बरिष्ठ नेता एवं विराटनगर नगरपञ्चायतका पूर्व प्रधान पञ्च रामकृष्ण भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।

केही दिन अगाडि नेपाल विद्धत परिषद्का केन्द्रिय उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहालको पहलमा राजसंस्था फर्काउन आन्दोलन गर्ने उद्देश्यका साथ एकीकृत राष्ट्रिय सघंर्ष समिति मोरङको गठन गरेका थिए । जुन संघर्ष समितिले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार विराटनगरमा गणतन्त्रको विरुद्धमा नारावाजी गर्दै राजसंस्था फर्काउन आन्दोलनको विगुल फुकेको छ ।