दिनबन्धु गोयलद्वारा झापाका दुई सय विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण

  • चिरफार डटकम, विराटनगर ६९६  पटक हेरिएको

शनिबार, पुष २१, २०८० समय : १८:०१:३६ , ११ महिना अगाडि

विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले शनिबार झापामा २ सय भन्दा बढि विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेका छन् । १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

समाजसेवी दिनबन्धु गोयलका दाजु स्व. ओमप्रकाश गोयलको सम्झनामा झापाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयका २ सयभन्दा बढि विद्यार्थीलाई जाडोको न्यानो कपडा र १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

 

विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्त, विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले विद्यार्थीलाई जाडोको न्यानो कपडा र छात्रवृत्ति वितरण गरेका थिए ।

समाजसेवी दिनबन्धु गोयलले दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेको र कोषमा रहेको रकम मध्येबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याज रकमले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत जेहेन्दार १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।