- ब्रह्ममदेव यादव, विराटनगर ६७० पटक हेरिएको
बुधबार, पुष १८, २०८० समय : १७:०५:४७ , ११ महिना अगाडि
विराटनगर भन्सार कार्यालयमा काम गरी रहेका दुई जना भन्सार प्रतिनिधि राजश्व अनुसन्धान विभागको मुद्दा खेप्दै सामान आयात कार्यलाई निरन्तरता दिई रहेका छन् । सरकारी राजश्व अपचलनको आरोपमा मुद्दा खेपिरहेका भन्सार प्रतिनिधिले मुद्दाको टुंगो नलागेसम्म कसरी सामान आयात गरी रहेका छन् । जस्ता गम्भिर प्रश्न विराटनगर भन्सार कार्यालय माथि उठेको छ ।
व्यवसायी फर्म दर्ता गराएर विराटनगर सहित झापा र सुनसरी भन्सार कार्यालयबाट कपडा आयात गरी रहेका भन्सार प्रतिनिधि राजकुमार रौनियार र संजित भगत माथि करोडौं रकम राजश्व अपचलन गरेको आरोप लागेको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले मंसिर १६ र १७ गते विराटनगर स्थित भन्सार प्रतिनिधि रौनियार र भगतको गोदाममा छापा मारेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेका छन् ।
रौनियार माथि नक्कली भ्याट बिल प्रकरण र भगत माथि साथता सुविधाको दुरुपयोग गरेको आरोप राजश्व अनुसन्धान विभागले गोदाममा छापा मारेर धरौटीमा छोडेका छन् । र जुनसुकै बेला राजश्व अनुसन्धान विभागले रौनियार र भगतलाई मोटो रकम राजश्व अपचलनको मुद्दाको फैसला सुनाउन सक्छन् ।
त्यस्तो बेलामा भन्सार प्रतिनिधि रौनियार र भगतले यात घर जग्गा बिक्री गरेर सरकारलाई रकम बुझाउनु पर्छ नत्र नेपाल छाडेर विदेश पलायन हुनु पर्छ । भन्सार प्रतिनिधि रौनियार र भगत समक्ष यी दुई मात्र विकल्प छ ।