- चिरफार डटकम, विराटनगर ३८२ पटक हेरिएको
सोमबार, पुष १६, २०८० समय : १७:११:४७ , ११ महिना अगाडि
नेपाली कांग्रेस कोशी प्रदेश समितिले ४८औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा वृद्धवृद्धालाई भोजन गराएका छन् । ४८औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले सोमबार विराटनगर–८ स्थित विराटेश्वर वृद्धा आश्रममा आश्रित ५० भन्दा बढि वृद्धवृद्धालाई भोजन गराएका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका अध्यक्ष उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री प्रमिला गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र ललित श्रेष्ठ महिला नेत्री सुची चौधरी, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा सञ्चार विभाग संयोजक बासु कोइराला, सहसंयोजक शेखर रेग्मी लगायतका नेता तथा कार्यकर्ताहरूले वृद्धवृद्धाहरूलाई भोजन गराएका थिए ।