- चिरफार डटकम, विराटनगर ५६० पटक हेरिएको
आइतबार, पुष १५, २०८० समय : १३:५२:२५ , ११ महिना अगाडि
शशिभुषण शाहले दोस्रो कार्यकालका लागि नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् । नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर–९, मोरङको शनिबार विराटनगरमा सम्पन्न १७औं साधारण सभाले सर्वसम्मत रुपमा शशिभुषण शाहलाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।
यस अघि ११ सदस्यीय पदाधिकारी सँगै कार्यसमिति रहेको संघमा अब १७ सदस्य कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति रहने साधारण सभाले व्यवस्था गरेको छ । कमलेश अग्रवाल (आभुषण ज्वेलर्स) र दिनेश शाहलाई उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । कमलेश अग्रवाल (शुभम् ज्वेलर्स) लाई दोस्रो कार्यकालका लागि महासचिव पदको जिम्मेवारी सुम्पिएको छ ।
कमलेश अग्रवाल यस अघिको कार्यसमितिमा महासचिव पदमा बसेर सफलता पूर्वक पाएको जिम्मेवारीलाई बहन गरी सकेका छन् । साधारण सभाले कमलेश अग्रवाललाई पुनः महासचिव पदमा बस्न गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेका छन् । विनोद शाह कोषाध्यक्ष, प्रकाश मैनाली सचिव र मुकेश सोनी सहसचिव रहेका छन् । विनोद शाह र प्रकाश मैनाली अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष र सचिव रहेका थिए ।
विनोद राठी, राजिव शाह, ललित बेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनीलाई कार्यसमितिका सदस्य रहेका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मानिक रत्न शाक्यले शनिबार १७औं साधारण सभा र विराटनगर अधिवेशनको उद्घाटन गरेका थिए ।