- चिरफार डटकम, विराटनगर ६३९ पटक हेरिएको
मंगलबार, पुष १०, २०८० समय : १४:३८:५० , ११ महिना अगाडि
विराटनगरमा सञ्चालन भई रहेको मोरङ व्यापार संघ एक्स्पोमा विद्यार्थी, अपाङ्ग र वृद्धवृद्धालाई प्रवेशका लागि टिकट नलाग्ने व्यवस्था गरिएको छ । स्कुलका विद्यार्थीहरूलाई बिहान ११ बजेदेखि ३ बजेसम्म एक्स्पो अवलोकनका लागि टिकट नलाग्ने व्यवस्था गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।
तर त्यसका लागि स्कुलको सिफारिसमा विद्यार्थीहरू पोसाक लगाएर ११ देखि २ बजे भित्र एक्स्पो स्थलमा प्रवेश गरी सक्नु पर्ने व्यवस्था गरिएको छ । विराटनगर सहित कोशी प्रदेश भरीका विद्यालयले आफ्ना विद्यार्थीलाई एक्स्पो घुमाउन मोरङ व्यापार संघका कार्यकारिणी समिति सदस्य ओम शर्मासँग समन्वय गर्न आग्रह गरेको छ ।
स्कुलका विद्यार्थी सँगै अपाङ्ग र वृद्धवृद्धाहरूलाई एक्स्पो स्थल प्रवेशका लागि टिकट नलाग्ने व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरूले स्थानीय तहको सिफारिसमा बुझिरहेको जेष्ठ नागरिक भत्ताका लागि बनाइएको परिचय–पत्र अनिवार्य रुपमा साथ लिएर आउन आग्रह गरेका छन् ।