- ब्रह्मदेव यादव, विराटनगर ६२५ पटक हेरिएको
मंगलबार, पुष १०, २०८० समय : १४:३३:४८ , ११ महिना अगाडि
- मोरङ व्यापार संघ एक्स्पोको बारेमा केही बताई दिनुहुन्छ कि ?
मोरङ व्यापार संघ आफैमा एउटा ब्राण्ड हो । र यस्तो ब्राण्डेड संस्थाले आयोजना गरेको कामको सबै मन जित्छ । मोरङ व्यापार संघले २०८० पैस ६ देखि १६ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघ एक्स्पो २०२३ को आयोजना गरेको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २३० भन्दा बढि स्टल रहेका छन् । कृषि, कार्पेट, प्लाष्टिक, लत्ताकपडा, अटोमोबाइल्स, स्वदेशी तथा विदेशी जुत्ता पसल र विभिन्न प्रकारको खानाको स्टल रहेको छ । स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन बजारको मूल्य भन्दा केही सस्तो मूल्यमा बिक्री भई रहेका छन् । – मोरङ व्यापार संघ एक्स्पोको मुख्य आकर्षण के रहेको छ ? जर्मन प्रविधिको हेङ्गर निर्माण, फ्रान्सको एफिल टावर, इलामको घोडा सवार, पशुपतिनाथ र शम्भुनाथको आकारमा पगौडा शैलीमा निर्माण गरिएको मुख्य प्रवेशद्वार र प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुती मोरङ व्यापार संघ एक्स्पोको मुख्य आकर्षण रहेको छ । एक्स्पो स्थलमा निर्माण गरिएको फ्रान्सको एफिल टावर अगाडि उज्यालो बत्तिमा रातीको समयमा सेल्फी तान्ने जो कोही दर्शकका लागि मुख्य आकर्षण बन्न पुगेको छ । प्रत्येक दिन एक्स्पो स्थलमा आयोजना हुने गरेको गीत र नृत्य प्रतियोगिता युवा जमातका लागि मुख्य आकर्षणको केन्द्र नै बनेको छ ।
- मोरङ व्यापार संघले संघकै नाममा आयोजना गरेको एक्स्पोमा सामाजिक उत्तरदायित्व अन्तर्गत दर्शकको हकमा के सुविधा प्रदान गरी रहनु भएको छ ?
मोरङ व्यापार संघ उद्योगी र व्यवसायीको हक हितका लागि स्थापना गरिएको संस्था हो । देशमा जहिले पनि विपद्को अवस्था आउँदा संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गरी रहेको छ । यतिखेर संघले आयोजना गरेको एक्स्पोमा स्कुलका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवसथा मिलाइएको छ । जसका लागि स्कुलका सञ्चालकले मोरङ व्यापार संघ सँग सहकार्य गरेर स्कुल पोशाकमै विद्यार्थीहरूलाई एक्स्पो स्थलमा प्रवेश गराएर अवलोकनको व्यवस्था मिलाइएको छ । अपाङ्गहरूलाई पनि एक्स्पो प्रवेशमा टिकट नलाग्ने व्यवस्था मिलाइएको छ । वृद्धवृद्धालाई एक्स्पो स्थल प्रवेशमा टिक नलाग्ने व्यवस्था मिलाइएको छ । तर त्यसका लागि वृद्धवृद्धाहरूको जेष्ठ नागरिक सरह स्थानीय सरकारबाट प्राप्त गरी रहेको सुविधाको परिचय पत्र कार्ड लिएर आउँन आग्रह गरेका छै ।
- एक्स्पोमा उपभोक्ताको रेस्पोन्स कस्तो छ ?
मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको मोरङ व्यापार संघ एक्सोमा सोचेभन्दा बढि रेस्पोन्स पाइरहेको छ । संघले अपेक्षा गरे भन्दा बढि दर्शकले एक्स्पोको अवलोकन गरी रहेका छन् । पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पो चल्ने छ । संघले ४ लाख दर्शक एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरेका छन् । तर पुस ९ गते क्रिसमसको अवसरमा सरकारी बिदा रहेकोले एकै दिन ५० हजार भन्दा बढि दर्शकले एक्स्पोको अवलोकन गरेका छन् । त्यस कारण एक्स्पो आयोजक मोरङ व्यापार संघ उत्साहित भएको छ । र हामीले अपेक्षा गरे भन्दा भव्य रुपमा एक्स्पो सम्पन्न हुने आशा गरेका छौं ।