नेपाल उद्योग परिसंघमा सारडाको कार्यकाल सुरु

  • चिरफार डटकम, विराटनगर ४०५  पटक हेरिएको

आइतबार, पुष ०८, २०८० समय : १३:४०:३० , ११ महिना अगाडि

नेपाल उद्योग परिसंघ (सी.एन.आई.) कोशी प्रदेशमा अध्यक्ष पवन सारडाको कार्यकाल सुरु भएको छ । लोकतान्त्रीक गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द पौडेलको हातबाट अध्यक्ष पदको प्रमाण–पत्र ग्रहण गरेपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेशमा सारडाको कार्यकाल सुरु भएको हो ।

मोरङ व्यापार संघ विराटनगरमा २०७१ देखि २०७४ र २०७४ देखि २०७६ सम्म लगातार २ कार्यकाल ३० र ३१औं कार्यकारिणी समितिको अध्यक्ष पदमा बसेर सफलता पूर्वक जिम्मेवारी निर्वाह गरी सकेका सारडा एक कुशल उद्योगी हुन् ।

नेपाल उद्योग परिसंघ कोशीको २०८० असोज १२ गते विराटनगरमा सम्पन्न अधिवेशन तथा साधारण सभाले सारडालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेका थिए । सारडा अध्यक्ष निर्वाचित हुनु अघि परिसंघमा प्रमुख संरक्षकको रुपमा कार्यरत रहेका थिए ।