गणतन्त्र हटाउ, राजा फर्काउ अभियानका साथ चैतदेखि मोरङबाट आन्दोलन सुरु हुँदै 

  • चिरफार डटकम, विराटनगर ४६३  पटक हेरिएको

बुधबार, पुष ०४, २०८० समय : १७:२८:२८ , ११ महिना अगाडि

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले गणतन्त्र हटाउ, राजा फर्काउ अभियानका साथ चैतदेखि मोरङ आन्दोलन सुरु गर्ने तयारी थालेका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर चैतदेखि आन्दोलन थालिने उद्घोष गरेका छन् । घर्ष समितिका अध्यक्ष बल्लभप्रसदा दाहालले गणतन्त्र हटाउ, राजा फर्काउ आन्दोलनलाई सशक्त बनाउन नेपाल सदभावना मञ्चका राष्टिय अध्यक्ष बद्रिप्रसाद मण्डल र नेपाल विद्युत परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेललाई संघर्ष समितिमा सहभागिता गराएको बताए । मण्डल र अर्जेललाई संघर्ष समितिमा सल्लाहकार पदमा मनोनयन गरिएको छ ।

संघर्ष समितिका अध्यक्ष दाहालले आन्दोलनलाई सफलताको केन्द्र बिन्दुमा पुर्‍याउन २५ सदस्यीय आन्दोलन संघर्ष समिति गठन गरेका छन् । समितिले माघ १ गतेदेखि मोरङको सबै स्थानीय पालिकामा संघर्ष समिति गठन गर्ने तयारी भई रहेको बताए । देशमा गणतन्त्र आइसकेपछि दलका नेताहरू छाडा भएकोले देशलाई नियन्त्रण र नियगमनका लागि पूर्व राजालाई अभिभावकीय भूमिका दिनु पर्ने आफ्नो माग रहेको अध्यक्ष दाहालले बताए । देशमा गणतन्त्र हटिसकेपछि र राजा अभिभावकीय भूमिकामा फर्कि सकेपछि माओवादीलाई पनि सहभागिता गराएर अगाडि बढ्ने व्यवस्था कायम गर्न खोजेको अध्यक्ष दाहालले बताए ।