अत्याधिक मात्रामा अवलोकन कर्ता आउने अपेक्षा गर्दै मोरङ व्यापार संघ एक्स्पो स्थलको पूजापाठ गरियो

  • चिरफार डटकम, विराटनगर ५२६  पटक हेरिएको

बिहिबार, मंसिर २८, २०८० समय : १५:१९:२५ , १२ महिना अगाडि

मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म विराटनगरमा आयोजना गर्न लागेको मोरङ व्यापार संघ एक्स्पोमा अत्याधिक मात्रामा अवलोकन कर्ता आउने अपेक्षा गर्दै बिहीबार एक्स्पो स्थलको पुजा पाठ गरेका छन् । मोरङ व्यापार संघले साढे ३ करोड भन्दा बढि रकम खर्चेर विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा २०८० पुस ६ देखि १६ गतेसम्म ११ दिने एक्स्पोको आयोजना गर्दैछ ।

शंकरपुर मार्गमा चारैतर्फ पर्खाल लगाएको २ बिघाभन्दा बढि क्षेत्रफलको खाली जग्गामा संघले एक्स्पोको आयोजना गर्ने तयारी थालेका छन् । संघका अध्यक्ष नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, सचिव तथा एक्स्पो सहसंयोजक संजय श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले बिहीबार एक्स्पो स्थलको पुजा पाठ गरेका छन् ।

संघका अध्यक्ष नविन रिजालले धेरै भन्दा धेरै संख्यामा एक्स्पोमा अवलोकन कर्ता भित्र्याउने आशा गर्दै एक्स्पो स्थलको पुजा पाठ गरिएको बताए । विराटनगर बरगाछीका पण्डित विष्णुप्रसाद काफ्लेले सबै देवी देवतालाई पूजाको माध्यमबाट खुसी पार्न र संघले आयोजना गर्न लागेको एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्ने गरी एक्स्पो स्थलको पुजा पाठ गरेको बताए ।