विराटनगर कारागारमै गिरीले लिम्बुसंग असुली गरे एघार लाख

  • ... ६३४  पटक हेरिएको

मंगलबार, माघ ०३, २०७९ समय : १६:२९:५७ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर कारागारमा जेल जीवन बिताइरहेका चौकीदार अभिषेक गिरीले अर्का कैदी विक्रम लिम्बुसंग ११ लाख रुपैयाँ असुली गरेको रहस्य बाहिरिएको छ । लिम्बुका मामा डम्बर लिङदेनले भान्जालाई कारागार मुक्त गराउन ११ लाख रुपैयाँ गिरीलाई दिएको बताए ।

यस विषयमा प्रहरी प्रशासन मौन छ । ब्राउन सुगर मुद्दामा १ वर्षदेखि पुर्पक्षकालागि विराटनगर कारागारमा जेल जीवन विताइरहेका मोरङ मधुमालाका लिम्बुलाई चाडैंनै मुद्दाको टुङ्को लगाएर जेलमुक्त गराइदिने आस्वासन दिएर गिरीले ११ लाख रुपैयाँ असुली गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघिल्लो गठबन्धनको सरकारमा प्रधानमन्त्री भएको बेला गृहमन्त्री बालकृष्ण खाँणको दवावमा गिरीलाई काठमाडौंबाट २०७८ मंसिर ९ गते विराटनगर कारागारमा सरुवा गरिएको थियो । कांग्रेसले अघिल्लो सरकारको नेतृत्व गरेको बेला गिरीले विराटनगर कारागारमा पुर्पक्षकालागि जेल जीवन विताइरहेका धेरै जना कैदीसंग मुद्दाको टुंगो लगाएर जेल मुक्त गराइदिने अस्वासन दिएर मोटो रकम असुली गरेको छ ।

मंगलबार चिरफार डटकम संग कुरा गर्दै कैदी लिम्बुका मामा डम्बर लिङदेनले भनेः भान्जालाई जेलमुक्त गराइदिने आस्वासन पछि पटक पटक गरेर गिरीलाई ११ लाख रुपैयाँ दिएको हुँ । तर भान्जा लिम्बु कारागार मुक्त हुन सकेन । गिरीले विराटनगर कारागारमा कैदीबन्दीलाई कारागार मुक्त गराइदिने आस्वासन दिएर मोटो रकम असुली गरिरहेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमक्ष उजुलरी परेको छ ।

गृहमन्त्री लामिछानेको निर्देशन बमोजिम कारागार विभागले गिरीलाई मकवानपुरको भीम फेदी कारागारमा सरुवा गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गिरीलाई मकवानपुर पठाउन विराटनगर कारागारका निमित्त जेलर तुलसीराम भगतलाई पत्रचार गरिएको बताए ।