- चिरफार डटकम, विराटनगर ६३८ पटक हेरिएको
मंगलबार, मंसिर २६, २०८० समय : १७:३९:०० , १२ महिना अगाडि
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको जनसम्पर्क सल्लाहकार पदमा नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष घिमिरेको २०८० साल समापन सँगै कार्यकाल सकिदैछ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष पाँचथरका लवदेव ढुंगानालाई कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी दिएर अध्यक्ष घिमिरे मुख्यमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकार नियुक्त भएको हो ।
लामो समयसम्म कान्तिपुर दैनिकमा काम गरेर स्वेच्छिक अवकाश लिएका घिमिरे नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदको हैसियतमा संचार क्षेत्रको उन्नति र संचारकर्मीहरुको हकहितका लागि काम गर्दै आइरहेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको तत्कालीन पूर्वाञ्चल संयोजकको रुपमा लामो समय काम गरी सकेका घिमिरे एक कुशल र जिम्मेवार संचारकर्मी हुन् ।