विराटनगरको कवाडी गोदाममा आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो 

  • चिरफार डटकम, विराटनगर ४७४  पटक हेरिएको

बिहिबार, मंसिर २१, २०८० समय : १३:५२:५७ , १२ महिना अगाडि

बुधबार विराटनगरमा भएको कवाडी गोदाम आगलागीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । आगलागीमा परेर कवाडी गोदामका सञ्चालक दुखा मण्डलका जेठा छोरा ३२ वर्षीय दिपक मण्डलको मृत्यु भएको छ ।

विराटनगर–६ का सुशिला पासवान र सुनिता कामतको पनि मृत्यु भएको छ । आगलागीमा परेर दिपक मण्डल घाइते भएको र उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको छ । आगलागीमा परेर कवाडी गोदाम भित्रै सुशिला पासवानको जलेर मृत्यु भएको छ ।

गम्भिर घाइते भएर काठमाडौं पुर्‍याइएका सुनिता कामतको उपचारकै क्रममा बुधबार राती मृत्यु भएको छ । आगलागीमा परेर रिता सरदार, किशोर पासवान र पिंकी कामत घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । दुखा मण्डलले विराटनगर–७ स्थित सात घुम्ती मोडमा सञ्चालन गरी रहेको कवाडी गोदाममा बुधबार आगलागी भएको थियो ।