जोगवनीका सबै पसलमा नेपाली कामदार

  • ... १०३१  पटक हेरिएको

सोमबार, माघ ०२, २०७९ समय : १४:३९:४४ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

नेपाल भारतको सिमान्त क्षेत्र जोगवनाी बजारका सबै पसलमा नेपाली कामदार कार्यरत छ । जोगवनीका ठुला कपडा पसलमा १० देखि ३० जनासम्म नेपाली कामदार कार्यरत छ । कपडा पसल देखि जुता, चप्पल, मोबाइल, भाडाकुडा र किराना पसलहरुमा २ देखि ५ जनासम्म नेपाली कामदार कार्यरत छ ।

जोगवनीका पसलमा कपडा मिलाउनको लागि नेपाली महिला कामदार कार्यरत छ । यो संख्या १०० भन्दा बढि छ । घरमा दिनभरी बेगारु भएर बस्नु भन्दा जोगबनीका कपडा पसलमा दिनभरी कपडाको थान मिलाउँदा मासिक रुपमा १० हजारभन्दा बढि रुपैयाँ पारिश्रमिक पाउने गरेकोले नेपाली महिला जोगबनीका कपडा पसलमा कामगर्न आकर्षित भएका छन् । प्रदेश नं. १ को राजधानी विराटनगर महानगरपालिका संगै सिमाना जोडिएको भारत विहार राज्यको जोगबनी पूर्वी नेपालको मात्रै नभइ सिंगै नेपालको पनि व्यापारी केन्द्र हो ।

विराटनगरका अधिकांश उद्योगी तथा व्यापारी घरानाले वषौदेखि जोगवनीमा कपडा पसल संचालन गरिरहेका छन् । जोगबनीको कपडा पसलका संचालक मात्र होइन कामदार पनि नेपाली नै छ । जोगवनी व्यापार संघका अध्यक्ष मन्टु भगतले जोगवनीमा ठुला, मझौला र साना गरेर ६ सय भन्दा बढि पसल संचालन भइरहेको छ । जहाँ १० हजारभन्दा बढि कामदार कार्यरत छन् । जसमध्ये २ हजारदेखि ३ हजारको बिचमा नेपाली कामदार काम गरिरहेका छन् ।

जोगवनी बजारमा बालाजी लाइफ स्टाइल नामको रेडिमेड कपडा पसलका संचालक समेत रहेका अध्यक्ष भगत सोमबार चिरफार डटकम संग कुरा गर्दै भने जोगवनी पूर्वी नेपालको मात्रै नभई सिंगै नेपालको व्यापारिक केन्द्र हो । जुन व्यापारिक केन्द्रमा नेपालीले पसल संचालन गर्ने र ति पसलमा नेपालीले नै कामदारको रुपमा काम गर्न पाउने नौलो अभ्यासको थालनी भएको बताए ।

जोगवनी नेपाली ग्राहकको भरमा आश्रृत भारतीय व्यापारी केन्द्र हो । जोगवनी बजारमा प्रत्येक दिन ५ देखि ६ करोड भन्दा बढि रकम बरावरको कारोवार हुने गरेको छ । नेपालीहरुको महान चाँड पर्व विजया दशमी, तिहार, छठ, होली तथा विवाह लगनको समयमा १० करोडभन्दा बढि रुपैयाँको कारोबार हुने गरेको छ । जोगवनी बजारमा किनमेल गर्न जानृे नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

नेपाली बजारको तुलनामा जोगबनी बजार अलि सस्तो रहेकोले प्रत्येक नेपाली गृहणीले ५ किलो चिनीदेखि दाल, सरफ साबुन र कपडा किनमेल गर्न जोगवनी नै पुग्ने गरेको छ । जसको कारण सिमान्त क्षेत्रको नेपाली बजार विराटनगर सहित पूर्वी नेपालको व्यापारी केन्द्र सुनसान हुने गरेको छ ।

समय समयमा नेपाली उद्योग व्यापार संग आवद्ध संघ संस्थाका पदाधिकारीहरुले नेपाल सरकारलाई सिमा नाकामा कडाइ गर्न ज्ञापन पत्र बुझाउने गरेको छ । तर नेपाल सरकारका उच्च पदस्थ कर्मचारी यस तर्फ ध्यान नदिदा समस्या जिउँकातिउँ छ । र नेपालीहरु जोगवनी बजारमा पुगेर किनमेल गर्न छोडेको छैन ।

मोरङ व्यापार संघका कार्यसमिति सदस्य यूवा उद्यमी गोपाल अग्रवालले जोगबनीबाट किनमेल गरेर नेपाल फर्किरहेका व्यक्तिहरुको बारेमा सरकार बेखबर हुँदा नेपाली व्यवसायी धारासाही भएको बताए । सरकारले यस तर्फ अविलम्ब ध्यान नदिए नेपाली व्यवसायी पलायन हुने अवस्था श्रृजना भएको बताए ।