- चिरफार डटकम, विराटनगर ४०७ पटक हेरिएको
सोमबार, मंसिर १८, २०८० समय : १७:२९:११ , १२ महिना अगाडि
विराटनगरको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । सहकारीले कमाएको नाफाबाट १ करोड ६८ लाख रुपैयाँ खर्च गरेका छन् । ऋणीहरुले लिएको ऋणको तोकेको समयमा साँवा र ब्याज नबुझाउँदा सहकारीले कर्जा जोखिम कोषमा मोटो रकम जम्मा गर्नुपर्ने भएकोले २८ लाख रुपैयाँ मात्रै बचत भएको सहकारीका लेखा संयोजक अविनाश निधिले बताए ।
सहकारीमा ४ सय ८४ महिला र ३ सय ७८ पुरुष गरेर ८६२ जना शेयर सदस्य रहेका छन् । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले सोमबार स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा मनाएका छन् । सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा भएको स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
साधारण सभामा सहकारीका पूर्व अध्यक्ष गोविन्द्रप्रसाद दाहाल, समाजसेवी बल्लभप्रसाद दाहाल, दुर्गा चापागाईं, नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष तारा आचार्य लगायतका विशिष्ट व्यक्तिहरू अतिथिको रुपमा सहभागिता जनाएका थिए ।