- चिरफार डटकम, विराटनगर ८१२ पटक हेरिएको
आइतबार, मंसिर १७, २०८० समय : १७:५४:१५ , १२ महिना अगाडि
राजश्व अनुसन्धान विभागले विराटनगरका चर्चित कपडा व्यवसायी सञ्जीत भगतको गोदाममा आइतबार छापा मारेको छ । सरकारी राजश्व अपचलन गरेको अभियोग लागेपछि राजश्व अनुसन्धान विभागले भगतको गोदाममा छापा मारेर अनुसन्धान थालेको छ ।
भगत विराटनगर भन्सार एजेन्टका सहयोगी हुन् । भगतले भन्सार एजेन्टसँग सही गराएर भारतबाट मोटो परिमाणमा कपडा विराटनगर ल्याएर नेपाल भरी बिक्री गरिरहेका छन् । भगतले विराटनगर स्थित गोदाममा १४ करोड रुपैयाँ बराबरको सामान रहेको दाबी गरेका छन् ।
राजश्व अनुसन्धान विभागले आइतबार भगतको गोदाममा छापा मारेर भगतले भन्सार कार्यालयबाट १४ करोड रुपैयाँको कपडा आयात गरेको होकी होइन विषयमा केन्द्रित रहेर अनुसन्धान जारी राखेका छन् ।
भगत भन्सार कार्यालय बाहेक चोरी तस्करीको माध्यमबाट मोटो परिमाणमा कपडा भित्र्याएर राजश्व अपचलन गरेको उजुरीको आधारमा राजश्व अनुसन्धान विभागको केन्द्रिय टोली गोप्य रुपमा विराटनगर पुगेर छापा मारेको छ ।