विराटनगरका १०० जना विशिष्ट व्यक्तिहरू सम्मानित

  • ब्रह्ममदेव यादव, विराटनगर ११४४  पटक हेरिएको

शनिबार, मंसिर १६, २०८० समय : २२:०९:११ , १२ महिना अगाडि

विराटनगरका १ सय जना भन्दा बढि विशिष्ट व्यक्तिहरू एउटै कार्यक्रममा सम्मानित भएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको समाजसेवीहरूको सम्मान समारोहमा १ सय जना भन्दा बढि विशिष्ट व्यक्तिहरू सम्मानित भएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, संघीय सांसद योगेन्द्र मण्डल र कोशी प्रदेश सांसद भीम पराजुलीलाई सेवा केन्द्रले सम्मानित गरेका छन् । बरिष्ठ समाजसेवी एवं उद्योगी दिनबन्धु गोयल, संविधान सभाका सदस्य तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवनकुमार सारडा, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशल, विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी, वडा नं. १० कै पूर्ववडाध्यक्ष माधवराज वाग्लेलाई सेवा केन्द्रले सम्मान गरेका छन् ।

उद्योगी एवं समाजसेवी केदारमल तोदी, शंकरलाल अग्रवाल, ताराचन्द खेतान, बेनीगोपाल मुन्दडा, भिखमचन्द सरल, भगवानदास राठी, जुगलकिशोर राठी, चम्पालाल राठी, जितेन्द्र राठीलाई सेवा केन्द्रले सम्मान गरेका छन् ।

सामाजिक क्षेत्रबाट एबीसी नेपालका अध्यक्ष विष्णु शर्मा, रिता पाठक, सुची चौधरी, इन्दिरा रिजाल, मिना जोशी, डा. मिनाक्षी नेपाललाई सेवा केन्द्रले सम्मान गरेका छन् । डा. विरेन्द्रकुमार बिष्ट, डा. रवि राय, पतंजली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, निर्माण व्यवसायी मदन पुडासेनीलाई केन्द्रले सम्मान गरेका छन् । पर्यटन व्यवसायी पुण्य भट्टराई, कांग्रेस नेतृ प्रमिला गछदारलाई केन्द्रले सम्मान गरेका हुन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका प्रमुख सञ्चालिका बालबह्माचारी गीता दिदीले सुरुमा प्रदेश प्रमुख खापुङ, संघीय सांसद मण्डल र कोशी प्रदेश सांसद पराजुलीलाई सम्मान गरेका थिए ।

लगत्तै सम्मान समारोहका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङ, विशिष्ट अतिथि संघीय सांसद मण्डल र कोशी प्रदेश सांसद पराजुलीले विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेका थिए ।