- ब्रह्मदेव यादव, विराटनगर ६५० पटक हेरिएको
आइतबार, मंसिर १०, २०८० समय : १६:२९:१४ , १२ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले केशलिया करिडोर निर्माणका लागि बजेट बिनियोजन गरेका छन् । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले शनिबार कोशी प्रदेश सभामा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब भन्दा बढि रुपैयाँको प्रतिस्थापन विधेयक मार्फत बजेट प्रस्तुत गर्दा केशलिया करिडोरका लागि मोटो रकम बजेट बिनियोजन गरेका छन् ।
मोरङ सुनसरीको सिमाना दुहबीको बुढीखोलाको पुलदेखि विराटनगरको रानी नाकासम्मको केशलिया नदी किनाराको मार्गलाई केशलिया करिडोरको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले मोटो रकम बिनियोजन गरेको हो । संघीय सरकारले केशलिया करिडोरमा हरियाली पार्क सहित बाइपास सडक निर्माणका लागि १४ अर्ब रुपैयाँ खर्च हुने डिपीआर तयार गरेका छन् ।
संघीय सरकार, कोशी प्रदेश सरकार, वैदेशिक लगानी र विभिन्न प्रोजेक्टहरूको लगानीमा केशलिया करिडोरको निर्माण गरिने छ । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानाका रानीदेखि सुनसरीको दुहबी खोलाको बुढीपुलसम्म ठूलादेखि साना सवारी साधन कुद्ने गरी केशलिया करिडोरको निर्माण गर्न लागिएको हो ।
सुनसरी मोरङको सिमानामा पर्ने केशलिया नदीको दुवै तर्फको किनारमा तटबन्ध निर्माण गरेर सडक निर्माण सँगै हरियाली बोट बिरुवा वृक्षारोपण गरिने छ । केशलिया नदीको किनाराबाट निर्माण गरिने बाइपास सडकबाट दुहबीदेखि सीमान्त क्षेत्र रानी सम्म पुग्ने सवारी साधन कुद्ने छ ।
करिब १८ किलोमिटर भन्दा बढि केशलिया करिडोरमा बाइपास सडक निर्माण गर्न १४ अर्ब भन्दा बढि रुपैयाँ खर्च हुनेछ । तर पनि मुख्यमन्त्री कार्कीले केशलिया करिडोर निर्माणका लागि बजेट बिनियोजन गर्ने साहसी कामको थालनी गरेका छन् ।