मोरङको कटहरीमा १२ करोडको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा 

  • ब्रह्मदेव यादव, विराटनगर ५५८  पटक हेरिएको

शुक्रबार, मंसिर ०८, २०८० समय : १३:४३:२८ , १ वर्ष अगाडि

मोरङ जिल्लाको कटहरी गाउँपालिकामा १२ करोडभन्दा बढि रुपैयाँको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा आएको छ । विराटनगरका ७ जना कानुन व्यवसायीहरूले १२ करोड रुपैयाँको लगानीमा गाउँबेनी कृषि फार्म सञ्चालनमा ल्याएको हो ।

विराटनगरका कानुन व्यवसायी भरत थापा, पुनम गुप्ता, डिल्लीबहादुर कार्की, हेमराज पन्त, उपेन्द्र केशरी, ओमप्रकाश रौनियार र रोशन गुप्ताले कटहरी गाउँपालिकाको वडा नं. ३ मा ७ बिघा जग्गा खरीद गरेर पर्यटन कृषि फार्म सञ्चालनमा ल्याएको हो । जुन पर्यटन कृषि फार्ममा माछा पालन, कुखुरा पालन, खसी पालन, अग्यार्निक तरकारी खेती, फलफूल खेती गरिने छ ।

कृषि फार्म भित्रै नेपालको हरेक जात जातिको पहिचान झल्किने गरी जातीय घरको निर्माण गरिने तयारी भई रहेको फार्मका सञ्चालक बरिष्ठ कानुन विज्ञ पुनम गुप्ताले जानकारी गराए ।

मोरङको कटहरी गाउँपालिकामा कृषि पर्यटन भित्र्याउन कृषिमा मोटो रकम लगानी गरिएको फार्मका अर्का सञ्चालक बरिष्ठ कानुन व्यवसायी भरत थापाले जानकारी गराए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार पर्यटन कृषि फार्मको उद्घाटन गरेका छन् ।