काठमाडौं एयरपोर्टमा आलोपालो 

  • चिरफार डटकम, विराटनगर ३८४  पटक हेरिएको

मंगलबार, मंसिर ०५, २०८० समय : १५:१३:३९ , १ वर्ष अगाडि

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आलोपालो प्रणाली मार्फत कर्मचारी परिचालन गर्न थालेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विभागका कर्मचारी जान आनाकानी गरी रहेको बेला विभागले आलोपालो प्रणाली मार्फत कर्मचारी पठाउने निर्णय गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभागका कर्मचारीको सुन तस्करी काण्डमा जागिर निलम्बनमा परेपछि कर्मचारी विमानस्थलमा जान मानी रहेका छैनन् ।

भन्सार विभागले देशभरीको भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई आलोपालो गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पठाउने अनिर्वाय व्यवस्था गरिएको छ । अनिर्वाय व्यवस्था अनुसार विराटनगर भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत जगदिश पुर्वे एक महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काम गरेर विराटनगर भन्सार कार्यालय फर्किसकेका छन् ।

विराटनगर भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत तथा सूचना अधिकारी पर्शुराम दाहाललाई एक महिनाको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काज सरुवा गरेका छन् । भन्सार विभागले देश भरीको भन्सार कार्यालयबाट एक एक महिना अनिवार्य रुपमा भन्सार अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काजमा बसेर काम गर्नुपर्ने उर्दी जारी गरेका छन् ।