- चिरफार डटकम, विराटनगर ३९५ पटक हेरिएको
आइतबार, मंसिर ०३, २०८० समय : १४:२७:०४ , १ वर्ष अगाडि
‘ओम तृप्यन्ताम’ लघु कथा संग्रह पुस्तक बिक्रीबाट मृगौला पीडित पत्रकार पि.वि. दियालीलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रकाशन भई रहेको सर्वाधिक लोकप्रिय दैनिक पत्रिका न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक वरिष्ठ पत्रकार शंकर खरेलको लेखन तथा सम्पादनमा ‘ओम तृप्यन्ताम’ लघु कथा संग्रह पुस्तक प्रकाशित भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, नेपाली कांग्रेसका लोकप्रिय नेता तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल र कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विराटनगरमा एक भव्य कार्यक्रमका बिच ‘ओम तृप्यन्ताम’ लघु कथा संग्रह पुस्तकको विमोचन गरेका थिए ।
पुस्तक बिक्रीबाट प्राप्त २५ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य मृगौला पीडित पत्रकार पि.वि. दियालीलाई सहयोग प्रदान गर्न लागिएको हो । वरिष्ठ पत्रकार खरेलले शुक्रबार मृगौला पीडित पत्रकार दियालीको सुनसरीको इटहरी स्थित घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्ने जानकारी गराएका छन् ।