- चिरफार डटकम, विराटनगर ५८५ पटक हेरिएको
बिहिबार, कार्तिक २३, २०८० समय : १७:४२:४२ , १ वर्ष अगाडि
उद्योग संगठन मोरङले बिहीबार भव्य रुपमा चियापान कार्यक्रम आयोजना गर्यो । नेपालीहरूको महान चाड पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४४ र छठ पर्वको अवसर पारेर संगठनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, संगठनको चियापान कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङका अध्यक्ष तथा संघीय सांसद ऋषिकेश पोखरेल, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जयराम यादव लगायत विभिन्न राजनैतिक दलका पदाधिकारीहरू संगठनको कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश विराटनगरका अध्यक्ष उद्योगी पवनकुमार सारडा, उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री संगठनको चियापान समारोहमा सहभागिता जनाएका थिए । नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल संगठनको चियापान समारोहमा सहभागिता जनाएका थिए ।
मेरो देश मेरो उत्पादनको संरक्षण तथा प्रर्वद्धनमा जोड दिएको संगठनले वैदेशिक रोजगारका लागि पलायन भई रहेको नेपाली युवाहरू स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कार्यक्रममा विराटनगरको लिलिपुट र किडजी स्कुलका विद्यार्थीहरूले दीपावलीको धुनमा गीत प्रस्तुत गरेका थिए । किडजी स्कुलका विद्यार्थीहरूले वैदेशिक रोजगारबारे नाटक मञ्चन गरेका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले देश चरम आर्थिक मन्दीबाट गुज्री रहेको अवस्थामा सबै क्षेत्रमा निराशा जागी रहेको बेला उद्योगी व्यवसायीलाई उत्साहित गर्न दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको बताए । संगठनका निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल (भोला), राजकुमार गोल्छा, विपिन काबरा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यकारिणी सदस्य पारस लुनिया, राजन खत्री, विरेन्द्र राठी, सन्तोष भगत, सौरभ सारडा, दीपक अग्रवालले कार्यक्रममा सहभागिता जनाएका अतिथि पाहुनाहरूलाई स्वागत गरेका थिए ।