- चिरफार डटकम, विराटनगर ९६९ पटक हेरिएको
सोमबार, कार्तिक २०, २०८० समय : १६:३०:१५ , १ वर्ष अगाडि
विराटनगरको मेनरोडस्थित जलजला चौक उत्तर तर्फ सञ्चालनमा रहेको शुभम ज्वेलर्स सुन, चाँदी पसललाई ठाकुरबाडी रोडमा सरेको छ । २०६७ सालदेखि बाबु छोरा श्यामलाल अग्रवाल र कमलेश अग्रवालले सञ्चालन गर्दै आइरहेको शुभम ज्वेलर्स १३ वर्षपछि विराटनगर–९ स्थित ठाकुरबाडी रोडको रामजानकी मन्दिरदेखि पूर्व सरस्वती माध्यमिक विद्यालयको भवनमा सरेको छ ।
कात्तिक १६ गते विहीबारदेखि शुभम ज्वेलर्स ठाकुरबाडी रोडमा सरिसकेकोले नयाँ सुविधा सम्पन्न र सुन, चाँदीको सबै प्रकारको गहना खरीद गर्नको लागि सर्वसाधारणलाई सञ्चालक कमलेश अग्रवालले आग्रह गरेका छन् । शुभम ज्वेलर्स विराटनगरको पुरानो पसल हो । र त्यसका सञ्चालक कमलेश अग्रवाल नेपाल सुन, चाँदी व्यवसायी संघ मोरङको महासचिव पदमा कार्यरत रहेका छन् ।