खाद्य आयात नियन्त्रण गुणस्तर प्रमाणिकरण कार्यालयमा अतिरिक्त असुली

  • चिरफार डटकम, विराटनगर ५०७  पटक हेरिएको

आइतबार, कार्तिक १९, २०८० समय : १५:१९:३० , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालय भित्र कार्यालय रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा अतिरिक्त रकम असुली भई रहेका छन् । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय विराटनगर दोस्रो तथा तेस्रो मुलुकबाट विराटनगर भन्सार कार्यालयबाट आयात निर्यात हुने खाद्य वस्तुको गुणस्तर प्रमाणिकरण गर्ने कार्यालय हो ।

कार्यालयबाट सेवा प्रवाह गर्दा निमित्त कार्यालय प्रमुख काशिनाथ घिमिरेले प्रत्येक प्रज्ञापनपत्रमा सरकारी राजश्व बाहेक १ हजार रुपैयाँसम्म अतिरिक्त रकम असुली गरिरहेका छन् । कार्यालयले प्रत्येक दिन ५० भन्दा बढि प्रज्ञापनपत्रबाट ५० हजार भन्दा बढि अतिरिक्त रकम असुली गरिरहेका छन् । जुन महिनाको १५ लाख भन्दा बढि अतिरिक्त रकम हो । यस विषयमा सम्बन्धित निकाय मौन रहेको छ ।