कर्णाली प्रदेशलाई कोशी प्रदेशले १ करोड रुपैयाँ सहयोग गर्‍यो 

  • चिरफार डटकम, विराटनगर ३६६  पटक हेरिएको

आइतबार, कार्तिक १९, २०८० समय : १५:१५:५० , १ वर्ष अगाडि

कोशी प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । जुन रकम कर्णाली प्रदेश सरकारले भूकम्प पीडित क्षेत्रमा खर्च गर्नेछ । कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्री परिषद्को बैठकले कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार पत्रकार सम्मेलन गरेर कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ पठाउने निर्णय भएको बताए ।

नगद १ करोड रुपैयाँ सहित १ ट्रक कम्मल, त्रिपाल लगायतका राहत सामग्री शनिबार नै कर्णाली प्रदेश तर्फ प्रस्थान गरी सकेको मुख्यमन्त्री कार्कीले बताए । शुक्रबार मध्यरातमा कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर ६.४ स्केलको भूकम्प गएको थियो । भूकम्पबाट आइतबारसम्ममा १६० जना भन्दा बढिको मृत्यु भई सकेको छ । २०० भन्दा बढि घाइते छन् । हजारौं जाजरकोट र रुकुमवासी घर विहीन भएका छन् । नेपाल सरकार सहित सातवटै प्रदेश सरकार कर्णाली प्रदेशको भूकम्प पीडितहरूको राहत उद्धार कार्यक्रममा जुटेका छन् ।