कोशी प्रदेशमा एमालेको एजेण्डा लागू गर्छु– मुख्यमन्त्री कार्की 

  • ब्रह्मदेव यादव, विराटनगर ७२३  पटक हेरिएको

मंगलबार, कार्तिक १४, २०८० समय : १५:२१:५४ , १ वर्ष अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नेकपा एमालेको एजेण्डा लागू गर्ने तयारीमा जुटेको धारणा व्यक्त गरेका छन् । नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ गरेर ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेको एजेण्डालाई लागू गर्ने राजनीति इमान्दारिता देखाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले मंगलबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय राष्ट्रिय कृषि गणना २०७८ को सार्वजनिक करण कार्यक्रममा मुख्यमन्त्री कार्कीले सत्ताघटक राजनीतिक दललाई १ हजार भोल्टेजको झट्का लाग्ने गरी विद्युत प्रवाह हुने गरी प्रदेशमा एमालेको एजेण्डा लागू गर्ने धारणा व्यक्त गरेका छन् ।

सार्वजनिक कार्यक्रमको मञ्चबाट मुख्यमन्त्री कार्कीले भने– जसले मलाई मुख्यमन्त्री बनायो, त्यसको एजेण्डालाई लागू गर्छु । र उसको एजेण्डा लागू गर्ने तयारीमा जुटेका छौं । सत्ताघटक राजनीतिक दलको संयन्त्रले कोशी प्रदेशमा सहमतिको सरकार गठन गर्न मुख्यमन्त्री कार्की माथि दवाव दिई रहेका छन् । एमालेले आफ्ना ५ जना सांसदलाई मन्त्री बनाउन मुख्यमन्त्री कार्की माथि दवाव श्रृजना गरेका छन् ।

एमालेको दबाबलाई थेक्न नसकेर मुख्यमन्त्री कार्की भागी भागी हिँडिरहेको अड्कल चलिरहेको बेला मुख्यमन्त्री कार्कीको यस्तो अभिव्यक्तिले कोशी प्रदेशको राजनीतिक पुनः गर्माएको छ । कार्की मुख्यमन्त्री नियुक्त भएपछि केहि दिन भित्र पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै राजनैतिक दलले कार्कीलाई विश्वासको मत दिएका छन् । तर मुख्यमन्त्री कार्कीको पछिल्लो अभिव्यक्तिले सत्ताघटक नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारमा सहभागि नहुने सम्भावना बढेर गएको छ । एमालेले कुनैपनि हालतमा माओवादी केन्द्रलाई सरकारमा सहभागि नगराउने मुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा राख्न सफल भएको छ ।