आम्दानी घटेपछि गोल्छा हाउसले कर्मचारी कटौती गर्‍यो 

  • चिरफार डटकम, विराटनगर ९७५  पटक हेरिएको

सोमबार, कार्तिक १३, २०८० समय : १६:००:४२ , १ वर्ष अगाडि

आम्दानी घटेपछि गोल्छा हाउसले कर्मचारी कटौती गरेको छ । खर्च धान्न नसकेर गोल्छा हाउसले विराटनगर स्थित केन्द्रिय कार्यालयमा कार्यरत ५ कर्मचारी सहित सुरक्षा गार्डलाई निस्कासन गरेको छ । कर्मचारी कटौती सँगै गोल्छा हाउसले विराटनगर स्थित केन्द्रिय कार्यालयको मुख्य प्रवेश द्वारमा ताल्चा लगाएको छ । र काम विशेषले गोल्छा हाउस पुग्ने उद्योगी व्यवसायी लगायत सर्वसाधारणका लागि गोल्छा परिवारले प्रयोग गर्ने मूल घरको बाटो नै प्रयोग गरिरहेका छन् ।

गोल्छा हाउसले नेपाल भरी सञ्चालन गर्ने उद्योग र व्यवसायी कारोबारको लेखा जोखा विराटनगरको केन्द्रिय कार्यालयमा दर्जनौँ कर्मचारी राखेर गर्ने गरेका थिए । तर पछिल्लो समय चरम आर्थिक मन्दीका कारण उद्योग व्यवसायी सँगै कारोबारमा शिथिलता आएकोले कर्मचारी कटौती सँगै कार्यालयको मुख्य प्रवेश द्वारमा ताल्चा बन्दी गर्नु परेको गोल्छा हाउसले जानकारी गराएको छ ।