मंसिर महिना भित्र आय व्यय विवरण दाखिला गर्न करदातालाई आन्तरिक राजश्व विभागको पत्राचार 

  • चिरफार डटकम, विराटनगर ५९१  पटक हेरिएको

मंगलबार, आश्विन ३०, २०८० समय : १५:३८:२६ , १ वर्ष अगाडि

आन्तरिक राजश्व विभागले मंसिर महिना भित्र आय व्यय विवरण दाखिला गर्न करदातालाई पत्राचार गरेको छ । असोज महिना भित्रमा करदातालाई आय व्यय विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजश्व विभागको ऐनले व्यवस्था गरेको छ । तर आय व्यय विवरण दाखिला गर्न छुटेका कर दातालाई मंसिर महिना भित्र आय व्यय विवरण बुझाउन विभागले पत्राचार गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले ठूला तथा मझौला कर दाताको हकमा पुस मसान्त भित्र आय व्यय विवरण दाखिला गर्नुपर्ने व्यवस्था छ । तर अन्य करदाताको हकमा असोज महिना भित्र दाखिला गरिसक्नु पर्ने आय व्यय विवरण दाखिला गर्न छुटेका कर दाताको हकमा मंसिर महिना भित्र विवरण बुझाउन समय सिमा तोकेको बताए ।