कोशी प्रदेशमा आङ्बो मुख्यमन्त्री 

  • चिरफार डटकम, विराटनगर ६३५  पटक हेरिएको

बिहिबार, आश्विन २५, २०८० समय : १७:४१:५५ , १ वर्ष अगाडि

सत्ताघटक ४ दलीय गठबन्धनले नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । कोशी प्रदेशमा शेरधन राई र राजेन्द्रकुमार राई मुख्यमन्त्री भएको बेला आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको सत्ताघटक गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति कायम गरेको हो ।

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद भीम पराजुलीले शुक्रबार सत्ताघटक गठबन्धनको तर्फबाट आङ्बोले मुख्यमन्त्री पदको सपथ ग्रहण लिने सहमति कायम भएको बताए । नेपाली कांग्रेस भित्र डा. शेखर कोइराला समूहका कोशी प्रदेश सांसद केदार कार्कीले आफू कोशी प्रदेशको मुख्यमन्त्री बन्न पार्टी फुटाएर नेकपा एमालेसँग मिल्ने चेतावनी दिएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गते सहमतिको सरकार बनाउन दललाई अल्टिमेटम दिएको छ ।