- चिरफार डटकम, विराटनगर ३४७ पटक हेरिएको
बिहिबार, आश्विन २५, २०८० समय : १७:३८:२४ , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. १० ले सुरक्षित वडा अभियान कार्यक्रम सञ्चालन गरेको छ । वडाध्यक्ष अर्जुन गिरीले आगलागीका घटनाबाट वडावासीलाई सुरक्षित राख्न वडा नं. १० मा रहेका सरकारी विद्यालय र संघ संस्थाहरूलाई अग्नि नियन्त्रण ग्यास सिलिण्डर वितरण गरेका छन् ।
आगलागीका घटना हुँदा अग्नि ग्यास सिलिण्डरबाट कसरी आगोलाई नियन्त्रणमा लिने विषयमा सरकारी विद्यालय र संघसंस्थाका पदाधिकारीहरूलाई प्रशिक्षण समेत दिएका छन् । विराटनगर महानगरपालिकामा अग्नि ग्यास सिलिण्डर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने वडा नं. १० पहिलो वडा पनि बनेको छ ।
विराटनगरका महानगरपालिकाका उपमेयर तथा कार्यवाहक मेयर शिल्पा निराला कार्कीले प्रमुख अतिथिको आसनबाट विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरीको उपस्थितिमा सरकारी विद्यालयका शिक्षक शिक्षिका र संघसंस्थाका पदाधिकारीहरूलाई अग्नि ग्यास नियन्त्रण सिलिण्डर वितरण गरेका थिए ।वडाध्यक्ष गिरीले वडावासीको सुरक्षा गर्ने जनप्रतिनिधिको कर्तव्य रहेकोले सुरक्षित वडा अभियान कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।