विराटनगरबाट ३ लाखको औषधि बरामद 

  • चिरफार डटकम, विराटनगर ४३७  पटक हेरिएको

आइतबार, आश्विन २१, २०८० समय : १८:४०:२० , १ वर्ष अगाडि

मोरङ प्रहरीले आइतबार विराटनगरबाट ३ लाख भन्दा बढि रुपैयाँको तस्करीको औषधि बरामद गरेको छ । प्रहरीले ओकेरोन, माइक्रोफिटग्यासनोल नामको मोटो परिमाणमा औषधि बरामद गरेको हो ।

भारतबाट अवैध तरिकाले नेपाल भित्र्याइ रहेको ३ लाख २१ हजार रुपैयाँ बराबरको औषधि विराटनगर–१४ स्थित जतुवाबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख, प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी गराएको छ ।

भारतबाट भन्सार छलेर औषधि विराटनगर भित्र्याइ रहेको सूचनाको आधारमा सि.आर.भी.का प्रहरी सहायक निरीक्षक पुण्यप्रसाद धमला नेतृत्वको टोलीले औषधि बरामद गरेको हो । प्रहरीले तस्करीको औषधि बरामद गरेपनि औषधि ल्याउने व्यक्ति फरार भएको प्रहरीले जानकारी गराएको छ ।