तेरापंथ युवक परिषद्को  ७ दिने रक्तदान कार्यक्रममा २७१ पिन्ट रगत संकलन

  • ब्रह्मदेव यादव, विराटनगर १०९१  पटक हेरिएको

आइतबार, आश्विन १४, २०८० समय : १७:३१:४९ , १ वर्ष अगाडि

तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गरेको ७ दिने रक्तदान कार्यक्रममा २७१ पिन्ट रगत संकलन भएको छ । परिषद्ले असोज ८ गतेदेखि सुरु गरेको रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएको हो । परिषद्ले नेपाल र भारतको ६ सयभन्दा बढि स्थानमा एकै पटक रक्तदान कार्यक्रमको आयोजना र समापन गरेका छन् । तेरापंथ युवक परिषदले असोज ८ गते विराटनगरको बरगाछी चौकबाट सुरु गरेको रक्तदान कार्यक्रम आइतबार विराटनगरको जैन श्वेताम्बर तेरापंथी सभा भवन अगाडि रक्तदान कार्यक्रम गरेर कार्यक्रमको समापन गरेका छन् ।

आइतबार ७ दिने रक्तदान कार्यक्रमको समापन समारोहमा नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक राजन अधिकारी, तेरापंथ युवक परिषद् विराटनगरका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका बरिष्ठ नेता फुलकुमार लालवानी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष उद्योगी प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष उद्योगी राकेश सुराना, सङ्गठनका बरिष्ठ उपाध्यक्ष उद्योगी नन्दकिशोर राठी, मोरङ व्यापार संघका उपाध्यक्ष उद्योगी विकासकुमार बेगवानी, परिषद्का केन्द्रिय सदस्य जिनेन्द्र नौलखा, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष मोहित लालवानी, पूर्व अध्यक्ष विकास लालवानी, पंकज लुनियाँ, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, तेरापंथ महिला मंडल विराटनगरका अध्यक्ष सन्तोष जैन, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, कांग्रेस युवा नेता कृष्ण कार्की, सामाजिक अभियन्ता बेनीगोपाल मुन्दडा, विराटनगर–७ नं. वडाध्यक्ष मधुबाबु तिवारी, ९ नं. वडाध्यक्ष विश्वनाथ भगत (लालु) को सहभागिता रहेको थियो ।

तेरापंथ युवक परिषद् विराटनगरका उपाध्यक्ष तथा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रमको संयोजक पवनपंकज पारख, परिषद्का सचिव अरिहन्त दुगड, कमल डागा, निर्मल बोथरा, दिपेन्द्र बोथरा, सत्यप्रकाश लुनियाँ लगायत मारवाडी संघ संगठनसँग आवद्ध युवाहरुको उत्साहपूर्वक रुपमा सहभागिता रहेका थिए । परिषद्ले बरगाछी चौक, मिल्स एरिया, तिनपैनी चौक, मोरङको निमुवा, एयरपोर्ट मोड, भाटभटेनी सुपर मार्केट र जैन श्वेताम्बर तेरापंथी सभा भवन अगाडि रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।