- ब्रह्मदेव यादव, विराटनगर ११२० पटक हेरिएको
शुक्रबार, आश्विन १२, २०८० समय : १६:४६:५४ , १ वर्ष अगाडि
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले कोशी प्रदेश समिति अध्यक्षको पद हस्तान्तरण गरेका छन् । घिमिरेले परिसंघको केन्द्रिय उपाध्यक्षको पद सम्हाली रहँदा ३ महिना भित्र कोशी प्रदेश समितिको अध्यक्षको पद हस्तान्तरण गर्ने घोषणा गरेका थिए । एक व्यक्ति दुई पदमा बसिरहनु नहुने बिचारलाई आत्मसाथ गर्दै घिमिरेले कोशी प्रदेश समितिको अध्यक्षको पद हस्तान्तरण गरेको हो । घिमिरेको कोशी प्रदेशमा अध्यक्षको कार्यकाल १ वर्ष बाँकी छ । तर पनि उनले साधारण सभा मार्फत कोशी प्रदेश समितिको अध्यक्षको पद हस्तान्तरण गरेका हुन् ।
उद्योगी पवन कुमार सारडाको अध्यक्षतामा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयन गरेका छन् । प्रकाश मुन्दडालाई समितिको बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ । यस अघि पनि मुन्दडा समितिमा बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली रहेका थिए । समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारण सभाले समितिमा महिला उपाध्यक्ष पद श्रृजना गरेका छन् । नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशिल जोशी, कृष्ण अग्रवाल, दिपक पौडेल र गिरीजा सारडालाई उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।
घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँलाई मानार्थ उपाध्यक्ष पदमा चयन गरिएको छ । मानार्थ उपाध्यक्ष पदको जिम्मेवारी पाएका लुनियाँ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेका थिए । अघिल्लो कार्यसमितिमा कार्यसमिति सदस्य रहेका साकेत राठीलाई कोषाध्यक्ष पदमा बढुवा गरिएको छ । राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी कार्यसमिति सदस्यको जिम्मेवारी पाएका छन् ।
एसियन थाइफुड्सका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुलाई परिसंघको प्रमुख सल्लाहकार चयन गरिएको छ । बासुदेव गोलियान, सुशिल धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । राजन भगत, रिता ढकाल, महेश पौडेल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन गरिएको छ ।
परिसंघको साधारण सभाले अध्यक्ष पवनकुमार सारडाको संयोजकमा संरक्षण तथा भवन निर्माण समितिको गठन गरिएको छ । मोती दुगड, विकास दुगड, शिवप्रसाद घिमिरे, महेश सोनी र विशाल अग्रवाल संरक्षण तथा भवन निर्माण समितिको सदस्य रहेका छन् । डा. भेषप्रसाद धमला, सीए अस्विनी बंशललाई आर्थिक समितिको सल्लाहकार, अधिवक्ता भरतबहादुर थापा, विनोद तिम्सिना र विकाश थापालाई कानुनी सल्लाहकार चयन गरिएको छ ।