- ब्रह्मदेव यादव, विराटनगर ७०० पटक हेरिएको
बुधबार, आश्विन १०, २०८० समय : १६:०३:५९ , १ वर्ष अगाडि
उद्योगी महेश जाजु र राष्ट्रपति रामचन्द्र पौडेल बिच आर्थिक तथा औधोगिक समस्याका बारेमा छलफल भएको छ । मोरङ व्यापार संघ विराटनगरका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालयका प्रमुख सल्लाहका महेश जाजु र राष्ट्रपति रामचन्द पौडेल बिच मंगलबार काठमाडौं स्थित राष्ट्रपति भवन शितल निवासमा भेटघाट तथा छलफल भएको हो ।
देशले खेपिरहेको आर्थिक तथा औधोगिक समस्या र सरकारको आर्थिक तथा औधोगिक नीतिले पारेको प्रभावको बारेमा उद्योगी जाजु र राष्ट्रपति पौडेल बिच भेट वार्ता तथा गहन छलफल भएको नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालयका महानिर्देशक विजयहरि शर्माले बताए । नेपालको प्रतिष्ठित औधोगिक घराना एसियन थाइफुड्सका सञ्चालक उद्योगी जाजुले नेपाललाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउनका लागि उद्योग मुखी आर्थिक तथा औधोगिक ऐन बनाउन राष्टपति पौडेललाई सुझाव दिएका छन् ।