“बादल र पहाड”

  • डिक्सन श्रेष्ठ, टक्सार, भोजपुर ७२८  पटक हेरिएको

बिहिबार, आश्विन ०४, २०८० समय : १७:१६:३९ , १ वर्ष अगाडि

रिसाएको छ बादल आज !
उसका इन्द्रियहरू रोइरहेका छन् !
अनुनय, विनय गर्दै नदिसँग !
किनकि !
किनकि, उसको शिर निहुराएको छ !
स्वरूप बदलिएको छ !
उचाइ झरेको छ !
आडम्बर मरेको छ !
एक हिसाबले रित्तिएको छ ऊ ।
हिजो पहाड भन्दा;
अगणितिय चुचुरोमा रहेको ऊ।
आज पहाडको सतहमूनी बहिरहेको छ !
वर्षाको रूपमा !
पहाड न त खुसी छ नत दुखी नै !
उसका शिरहरू अडिग रहेका छन् !
उसका मुस्कानमा कमी छैन कुनै !
उसका बलहरू पाखुरीका ज्युका त्युँ छन् !
उसको गन्तव्य उहीँ नै छ !
उसका छिमेकीहरू तिनै छन् !
उसका परेलीहरू खुलेका छन्,
मकैको धानचामल जस्तै !
कोदोको बाला जस्तै !
अप्सराको रातो गाला जस्तै !
अतृप्त !
अनन्त !
अनि,
निस्वार्थ रूपमा !
हिजो माथि थियो बादल !
आज तल छ !
तर,
कुनै पर्वाह छैन पहाडलाई !
किनकि !
किनकि ऊ !
सत्य हो !
यथार्थ हो !
ऊ गुरुत्वाकर्षण हो !
उसलाई थाहा छ !
ऊ अमर छ !
रातमा चन्द्रमा !
अनि,
दिनमा सुरजसँग साउती गर्ने ऊ नै हो ।
मनमनै भन्छ पहाड-बादल त आखिर !
सपना झै हो !
थियो !
होला !
अरे !
हो के ?
भूतमा !
विपना त म नै हुँ,
किनकि !
म थिय !
छु !
र रहिरहनेछु ।
हरेक दिन, बार, महिना, ऋतु
अनि युगौं युग सम्म ।