फलफूल, आलु प्याज तथा सागसब्जी व्यवसायीलाई भ्याट बारे करदाता शिक्षा 

  • ब्रह्मदेव यादव, विराटनगर ३९६  पटक हेरिएको

बुधबार, आश्विन ०३, २०८० समय : १७:३१:४० , १ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले फलफूल, आलु, प्याज तथा सागसब्जी व्यवसायीहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) बारे शिक्षा कार्यक्रम प्रदान गरेको छ । आर्थिक ऐन २०८० ले फलफूल, आलु प्याज तथा सागसब्जीमा भ्याट कर लागू गरेको छ । सरकारले फलफूल तथा सागसब्जीमा भ्याट कर लागू गरेपछि त्यस बारेमा कारोबार चुस्त दुरुस्त राख्न कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले करदाताको घर आँगन र व्यवसयीक गरिरहेको स्थानमा गएर करदाता शिक्षा सम्बन्धी गरेको यो पहिलो कार्यक्रम हो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले आर्थिक ऐन २०८० ले फलफूल, आलु प्याज र सागसब्जीमा भ्याट कर लाग्ने भएकोले लेखा प्रणाली मार्फत हिसाब किताब चुस्त दुरुस्त राख्न, बिल बिजक जारी गर्न व्यवसायीहरूलाई सुझाव दिने गरी करदाता शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

करदाता शिक्षा कार्यक्रममा फलफूल, आलु प्याज तथा सागसब्जी व्यवसायी संघ विराटनगरका अध्यक्ष पशुपति भगत सहित ५० भन्दा बढि व्यवसायीहरूको सहभागिता रहेका थिए । कार्यक्रममा व्यवसायीहरूले किसानबाट खरीद गर्ने तरकारीको भ्याट बिल नभएकोले आफूले १३ प्रतिशत भ्याट कर जोडेर बिक्री गर्ने तरकारीको मोल महँगो हुने भएको बारेमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. क्षेत्रीलाई जानकारी गराएका थिए ।

नेपाल भारत सिमा क्षेत्रको ठुलो भन्सार नाकादेखि खुल्ला नाकाबाट चोरी तस्करी भएर भारतीय तरकारी निर्वाध रूपमा नेपाल भित्रिएर सस्तो मूल्यमा बिक्री भई रहेको हुँदा नेपाली उत्पादनमा १३ प्रतिशतसम्म भ्याट कर जोडेर तरकारी बिक्री गर्दा महँगो हुने भएको हुँदा भारतीय तरकारी सँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखेका थिए । जवाफमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. क्षेत्रीले भ्याट बिल बिना सामान बिक्री गरेको फेला परेमा व्यवसायीलाई जरिवाना गर्ने तर्फ सचेत गराएका थिए ।