१०० सिटीसफारी चालकलाई ट्राफिक नियमबारे सचेतना

  • चिरफार डटकम, विराटनगर ४४३  पटक हेरिएको

आइतबार, भाद्र ३१, २०८० समय : १८:१४:१६ , १ वर्ष अगाडि

ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । मुख्य सडक मार्गदेखि सहायक सडक मार्गमा सिटीसफारी चलाउँदा चालकले पालना गर्नुपर्ने सवारी साधन नियमका बारेमा सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गतको निमुवा ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक तुलामणी आचार्यले सिटीसफारीका चालकलाई आफ्नो र सिटीसफारीमा यात्रा गर्ने सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि सवारी नियमको अनिवार्य रुपमा पालना गर्नुपर्ने सचेतनामुलक कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको हो ।

मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका वडा नं. ३ बाँसवारी स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा आयोजित सचेतनामुलक प्रशिक्षण कार्यक्रममा बुढिगंगा गाउँपालिकका अध्यक्ष जितु थापा मगरको सहभागिता रहेको थियो । अखिल नेपाल यातायात मजदुर संग बुढिगंगा गाउँपालिका कमिटिले सिटीसफारी चालकलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सहभागिता गराउने पहलकदमी लिएका थिए ।