- चिरफार डटकम, विराटनगर ८५२ पटक हेरिएको
बिहिबार, भाद्र २१, २०८० समय : १३:३०:४३ , १ वर्ष अगाडि
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागि नहुने भएका छन् । आज विहीबार विराटनगरमा निस्कन लागेको ५५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा बालेन शाह सहभागि हुने कार्यक्रम तय गरिएको थियो । तर काठामाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
विहीबार वडाध्यक्ष रिजाललाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेकोले बालेन शाहको विराटनगर आउने कार्यक्रम स्थगन गरिएको हो । श्रीराधाकृष्ण रथयात्रामा बालेन शाह विराटनगर आउने कार्यक्रम तय भएपछि रथयात्रामा सहभागिता जनाउने सर्वसाधारणको संख्या बढ्ने अपेक्षा गर्दै मोरङ प्रशासनले सुरक्षा अवस्था बलियो बनाएको छ ।