- ब्रह्मदेव यादव, विराटनगर ५२८ पटक हेरिएको
बुधबार, भाद्र २०, २०८० समय : १८:३३:४९ , १ वर्ष अगाडि
श्रीहरि सत्संग समिति नेपाल केन्द्रिय कार्यालय विराटनगरलाई १ लाख १ हजार रुपैयाँ राशीको “पोखरमल राठी धर्मसंस्कृति पुरस्कार २०८०” प्रदान गरिएको छ । समितिका केन्द्रिय अध्यक्ष भीखमचन्द सरलले धर्मसंस्कृति पुरस्कार ग्रहण गरेको हो । श्रीकृष्णजन्माष्टमी कै दिन बुधबार विराटनगर–१, पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिरमा आयोजित धार्मिक सभामा उद्योगी एवं समाजसेवी चम्पालाल राठीले आफ्ना स्वर्गीय बुवा पोखरमल राठीको स्मृतिमा स्थापना गरेको १ लाख १ हजार रुपैयाँ राशीको धर्मसंस्कृति पुरस्कार श्रीहरि सत्संग समिति नेपाललाई प्रदान गरेको हो ।
विगत लामो समयदेखि एकल विद्यालय संचालन अभियान सँग आवद्ध भीखमचन्द सरल पछिल्लो समय श्रीहरि सत्संग समिति नेपालमार्फत सनातन धर्मको सनातन धर्मको प्रचार प्रसार र संरक्षणमा जुटेको कारण आफ्ना स्वर्गीय बुवा पोखरमल राठीको नाममा स्थापित धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको उद्योगी एवं समाजसेवी चम्पालाल राठीले बताए ।
उच्च अदालत विराटनगरका मुख्य न्यायधिस सत्यमोहन जोशी थारु, पुरस्कार स्थापना कर्ताको तर्फबाट उद्योगी एवं समाजसेवी चम्पालाल राठी, उनका छोरा दिवाकर राठी, विराटनगर–१२ पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पिठाधिस स्वामी अच्यूत प्रपन्नचार्य, कोशी प्रदेशका सांसद तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, प्रवक्ता कृष्ण कार्कीले भीखमचन्द सरललाई सम्मान पत्र सहित पुरस्कार प्रदान गरेका थिए । श्रीहरि सत्संग समिति नेपालका कोशी प्रदेश अध्यक्ष विद्यानन्द माझी, विराटनगर च्याप्टर अध्यक्ष श्रवण अग्रवाल, समितिका सल्लाहकार उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवाल धार्मिक सभा कार्यक्रममा सहभागि थिए ।